क्रिकेटः दक्षिण अफ्रिकाको सुदृढ प्रदर्शन



पोखरा

भारत र दक्षिण अफ्रिकाबीच भारतमा जारी पहिलो टेस्ट क्रिकेटको तेस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिकाले सुदृढ प्रदर्शन गरेको छ ।

दक्षिण अफ्रिकाले तेस्रो दिनको अन्त्यसम्ममा ८ विकेट गुमाएर ३८५ रन बनाएको छ । यद्यपी भारतले पहिलो इनिङमा ७ विकेटको क्षतिमा ५०२ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो । दक्षिण अफ्रिका अझै पनि ११७ रनले पछाडि नै रहेको छ, र उसको २ विकेट मात्र बाँकी छ ।

भारतले प्रस्तुत गरेको विशाल रनका कारण निकै दबाबमा परेको दक्षिण अफ्रिकाका लागि ब्याट्सम्यान डिन एल्गरले व्यक्तिगत १६० र क्वीन्टन डी ककले १११ रन बनाएर खेललाई रोचक बनाएका छन् । यी दुबै ब्याट्सम्यानका कारण दक्षिण अफ्रिका सम्मानजनक स्कोर खडा गर्न सकेको थियो । कप्तान फाफ डु प्लेसिसले ५५ रनको योगदान गरे ।

भारतका तर्फबाट रवीचन्द्रन अश्विनले सर्वाधिक पाँच विकेट र रविन्द्र जडेजाले २ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja