युभेन्ट्स र म्यानचेस्टर सिटीको जित, रियलले हार टार्यो



पोखार

युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब युभेन्ट्सले सहज जित हात पारेका छन्।

युभेन्ट्सले समूह ुडीु को खेलमा जर्मन क्लब वायर लुभरकुजेनलाई ३-० गोलले पराजित गर्यो। युभेन्ट्सको जितमा गोन्जालो हिग्युइनले १७, बेर्नारडेचीले ६१ र क्रिस्टियानो रोनाल्डोले ८८ मिनेटमा गोल गरे।

समूह ुडीु कै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले लोकोभोटि मस्कोमाथि २-० को जित हात पारेको छ।

यस्तै समूह ुसीु को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले डाइनाभो जग्रेभलाई २-० गोलले पराजित गरेको छ। सिटीका लागि स्टर्लिङले ६६ मिनेट र फोडेनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरे।

यता समूह ुएु को खेलमा फ्रेन्च क्लब पिएसजीले टर्किस क्लब गालतासारेलाई १-० गोलले पराजित गरेको छ। पिएसजीको जितमा इकार्डीले ५२ मिनेटमा गोल गरेका थिए।

यहि समूहको खेलमा पूर्व च्याम्पियन रियल म्याड्रिडले २-० ले पछि परेको स्थिति उल्टाउँदै क्लब ब्रुग्ससँग २-२ को बराबरी खेलेको छ। ब्रुग्सका लागि डेनिसले ९ र ३९ मिनेटमा गोल गरेका थिए। तर रियलका लागि सर्जियो रामोसले ५५ र कासिमिरेले ८५ मिनेटमा गोल गर्दै टिमको हार टारे।

सेतोपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja