रामपुरमा कानको उपचार सेवा शुरु



पोखरा

पाल्पाको रामपुरमा सञ्चालित कालीगण्डकी आँखा उपचार केन्द्रले कानको उपचार सेवा शुरु गरेको छ । आँखा उपचार सेवा दिँदै आइरहेको केन्द्रले मङ्गलबारबाट कानको उपचार सेवा थप गरेको हो । सेवाको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले शुभारम्भ गर्नुभयो ।

उहाँले यस क्षेत्रको लागि यो सेवा अति आवश्यक रहेकाले नगरपालिकाले पनि कान उपचार सेवालाई प्राथमिकतामा राखेर सहयोग गर्ने बताउनुभयो । कान उपचारको लागि छुट्टै सेवा रामपुरमा नहुँदा सदरमुकाम तानसेनलगायत अन्यत्र ठाउँमा बिरामी जानुपर्ने अवस्था छ । रामपुरमै सहजरुपमा आँखा जाँचसँगै कानको उपचार सेवा दिने उद्देश्यले थप सेवा विस्तार गरेको केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो ।

दैनिक आँखा जाँच तथा उपचार, मासिक शल्यक्रिया हुँदै आएकोमा अब कानको अप्रेशन बाहेक अन्य उपचार थप भएको उपचार केन्द्रका प्रमुख सुन्दर रानाले जानकारी दिनुभयो । झोलाबाट शुरु भएको आँखा उपचार केन्द्रले अहिले आफ्नै सुविधा सम्पन्न भवनबाट आँखा जाँच सेवासँगै कानको उपचार सेवा शुरु गरेको हो । केन्द्रले कालीगण्डकी बेँसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरलगायतका नागरिकलाई सेवा दिँदै आएको छ ।

यही शल्यक्रियासहितको आँखा जाँच तथा कानको उपचार सेवा पाइने हुँदा नागरिकलाई ठूलो राहत पुगेको स्थानीय लक्ष्मी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja