सुनको मूल्य तोलाको ६०० बढ्यो



पोखरा

मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ६८ हजार ९०० मा कारोवार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८३५ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja