चितवन घटना सरकार फासिष्ट बन्दै गएको संकेत होः गगन थापा



पोखरा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि शनिबार भएको आक्रमणले सरकार फासिष्ट बन्दै गएको संकेत देखिएको बताएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ ले आइतबार गरेको कार्यक्रममा थापाले नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने सरकारका मानिसहरू नै शाहीमाथि आक्रमण गर्न लागिपरेको आरोप लगाए।

‘चितवनको घटना हेर्नुस् त्यो व्यक्ति को हो छोडिदिनुस्। व्यक्ति असल होला वा खराब,’ थापाले भने, ‘नेपाली नागरिकले नेपाली भूमिमा बसेर विचार राख्दा सरकारद्वारा संरक्षित मानिसहरूको आब्हानमा जीउ ध्यानको रक्षा गर्नुपर्ने सरकार झन् ज्यान लिने गरी आक्रमणमा उत्रने१’

थापाले चितवन घटनालाई सरकार फासिष्ट बन्दै गएको संकेतका रूपमा लिएको बताए। ‘चितवनको घटना सरकार फासिष्ट हुन थालेको एउटा संकेत हो,’ थापाले भने, ‘हिजो राणा, पञ्चायत र राजासँग लडेको केका लागि हो, स्वतन्त्रताका लागि थियो नि।’

मन नपर्ने र आलोचना गर्नेलाई सरकार समर्थितहरूले प्रतिगमनकारी, राजावादी भन्दै आक्रमण गर्न लागिपरेको उनले बताए। ‘तानाशाहहरू चुनाव लडेर आउँछन् र कानुन बनाएर जनताका स्वतन्त्रता खोसेर लैजान्छन्,’ उनले भने।

सरकारले दुई तिहाइ दम्भ देखाएर अदालत र संसदमा तर्साएको उनले बताए। ‘सभामुख पनि प्रधानमन्त्रीको आदेश मानेको बताउन थाल्नुभएको छ। संसद सरकारको छाया हुनु दुखद हो,’ उनले भने।

उनले प्रधानमन्त्री फेल भइसकेको बताए। ‘प्रधानमन्त्री भन्नुहुन्छ मन्त्रीहरू जस्ट पास भए तर प्रधानमन्त्रीको मूल्यांकन नागरिकले गरिराखेका छन्, प्रधानमन्त्री त फेल हुनुभयो,’ थापाले भने।

सेतोपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja