सरकार खुलेयाम भ्रष्टाचारमा लागेको छः देउवा



पोखरा

नेकपाको सरकार निर्माण भएयता काण्डै काण्डको सृङ्खला चुलिएको काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । मेलम्ची खानेपानी आयोजना, बुढी गण्डकी जलविद्युत आयोजना वर्तमान नेकपाको सरकारले बिनाप्रतिस्पर्धा दिएर ठूलो प्रष्टाचार गरेको देउवाले ठोकुवा गरे ।

‘जहाँ प्रतिस्पर्धा नै गराइँदैन तपाईँ सोच्नुस त्यहाँ भ्रष्टाचार भयो भयो’, सभापति देउवाले भने, ‘यो संविधानले पनि नदिएको कुरा, तर ओली नेतृत्वको सरकार संविधानभन्दा पनि माथि गएर यस्ता अनियमित र असंवैधानिक काम गर्न तल्लिन छ ।’

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित नेविसंघका पूर्व अध्यक्ष तथा काँग्रेस युवा नेता नैनसिंह महरद्वारा लिलित पुस्तिका ‘नेकपा सरकारका काण्डै काण्ड’ पुस्तक विमोचन गर्दै सभापति देउवाले भने, ‘हामी विधिको साशन, लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानअधिकारका लागि २००७ सालदेखि लड्दै आयौँ, जनताको मानअवधिकार र साशकको विरोधमा लेख्ने प्रेस नभएसम्म लोकतन्त्र रहँदैन भन्ने हाम्रो विश्वास हो’, उनले भने, ‘अहिलेको सरकार विधि र विधान विचेर काम गर्दै जाने त्यसको बिरोध गर्ने प्रेसकै घाँटी निचोर्ने गरि विधेयक लिएर आउने, जनताको मानवअधिकार कुण्ठित पार्ने काममा लागेको छ । यो काँग्रेसलाई कदापी सैह्य हुँदैन ।’

उनले वर्तमान सरकारका गलत कर्तुत, सुन काण्ड, वाईड र न्यारोबडी काण्ड, निर्मला हत्या काण्ड, अस्पतालमा गोली चेलको काण्देखि गाई काण्डसम्मका फेहरिस्त लेखक महरले पुस्तिकामा समेटेर पार्टीले गर्नुपर्ने काम गरेको भन्दै प्रसंसा पनि गरे । उनले यो पुस्तिका गाउँपालिकाका वडाअध्यक्षदेखि केन्द्रीय नेता र सांसदहरुको पनि हात हातमा पुग्नुपर्ने धारणा राखे ।

उनले अब पार्टीले नेकपाले गरिरहेको भ्रष्टाचार, प्रजातन्त्रका मुलभूत तत्वमाथिको प्रहार, देशलाई कम्युनिज्मकरण गर्ने सोचको प्रतिबाद काँग्रेसले गर्ने दृढता व्यक्त गरे । उनले काँग्रेस रहेसम्म मुलुकमा जनताको अभिव्यक्ति स्वतन्त्रता, मानवधिकार, प्रेस स्वतन्त्रतामाथि आक्रमण हुन नसक्ने उनेले बताए । उनले भने, ‘हामीले सात सालमा लड्यौँ, ०४६ सालमा लड्यौँ, निरंकुशता फाल्यौँ, ज्ञानेन्द्रका विरुद्ध लड्यौँ, यो ओली सरकारको निरंकुशता ढाल्न धेरै समय लाग्दैन ।’ उनले काँग्रेसका नेता, कार्यकर्तालाई पनि तयार रहन अपिल गरे ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा शशांक कोइरालाले वर्तमान सरकार एकपछि अर्को प्रजातन्त्र बिरोधी कदम चालिरहेको बताए । उनले तीं कदमहरुको फहरिस्त मिहिन रुपमा नभए पनि उठान महरको पुस्तिका काण्डै काण्डमा भएको बताए । उनले पुस्तिकामा २५ वर्षे साशनकालमा नेपाली काँग्रेसले गरेका राम्रा र सम्झनलायक कामलाई पनि समेटेको भए पुस्तिका वजनदार, गहन पुस्तक बन्नसक्ने धारणा राखे । महामन्त्री कोइरालाले आफू राम्रो देखिन पार्टी नेतृत्वको आलोचना गर्ने प्रवृति गलत भएको बताउँदै भने, ‘मैले कहिल्यै नेतृत्वको आलोचना गर्ने काम गरेन । पार्टीको कुरा पार्टीभित्रै गर्नुपर्छ ।’

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी साउदले वर्तमान दुईतिहाइको कम्युनिष्ट सरकार स्थापनापछि शान्ति र स्थायित्व दिने चुनावको आफ्नै बाचाबाट पछि हटेर एकपछि अर्को प्रजातन्त्रबिरोधी काममा लागेको ठोकुवा गरे । उनले सुसाशनको साँटो ओली सरकार कुसाशनमा लागेको बताए । तिनै कुराहरुलाई युवा नेता महरको पुस्तिकामा पत्रकारले जति मिहिन ढंगले खोजअनुसन्धान गरेर नयाँ कुरा प्रस्तुत गर्न नसके पनि समग्र तस्बिर प्रस्तुत गर्ने कोसिस गरेको बताए ।

उनले यो सरकारले सबैभन्दा बढी कमजोर राष्ट्रियतालाई बनाएको जिकिर गरे । दुईतिहाइको दम्भका कारणले एकपछि अर्को काण्डै काण्डमा वर्तमान सरकार लागेको उनको भनाइ थियो । ‘राष्ट्रिय रुपमा मात्र होइन, अन्तराष्ट्रिय रुपमा पनि ओली सरकारले मुलुकको गरिमा गिराउने काम गरेको छ’, साउदेले भने, ‘अहिले मोदी आउँदा ओलीको नीति भारतमूखी हुन्छ, अहिले चीनको राष्ट्रपति नेपाल भ्रमण गर्ने चर्चा चल्दाखेरी ओलीले नेकपा पार्टीलाई नै चीनको कम्युनिष्ट पार्टीको भगिनीसँस्थाको रुपमा उभ्याउन खोज्नुभएको छ ।’ चार चारजना चिनिया कम्युनिष्ट कार्यपत्र प्रस्तोता ल्याएर नेपालको कम्युनिष्ट पार्टी कस्तो बनाउने भन्ने प्रशिक्षण दिइन थालेको प्रसंग साउदले प्रस्तुत गरे । उनले नेपालका कम्युनिष्ट पार्टीले नेपाल आफ्नो खुट्टामा उभिने परराष्ट्रनीतिबाट बिचलित भएर चीन र भारतसँगको मित्रतापूर्ण सम्बन्धलाई बिगारिरहेको बताए ।

अहिलिको नेकपा चीनको कम्युनिष्ट पार्टीलाई मातृ पार्टी मान्ने योजना र मानसिकतासहित, चीनका राष्ट्रपतिलाई आफ्नो विचारको केन्द्रमा राख्ने गरि अभ्यास गरिरहेको साउदले दाबी गरे । कम्युनिष्टको अहिलेको शैली, स्वभाव र कार्यनीतिले नेपालको स्वतन्त्रता, विदेश नीति र भोलीको शान्तिमा पनि खलल पुग्ने चिन्ता साउदले व्यक्त गरे ।


क्रममा काग्रेस नेता वालकृष्ण खाँडले अहिलेको सरकार दुईतिहाइको दम्भमा अलोकतान्त्रिक पद्धतिबाट दलीय निरंकुशतामा प्रवेश गरिरहेको बताए । उनले यतिबेला पार्टीले गर्नुपर्ने काम युवा नेता महरले पुस्तिकाका रुपमा सार्जजनिक गरेर उत्तम काम गरेको बताए ।

महरले सार्वजनिक गरेको ‘नेकपा सरकारका काण्डै काण्ड’ पुस्तिकामा नेकपा सरकार गठनका १८ महिनामा भएका २२ ठूला काण्ड र अन्य उपकाण्डसहित सातै प्रदेशका प्रदेश सरकारका बेथितिहरु समेटिएका छन् । ५२ पृष्टको पुस्तिका महर आफैले प्रकाशन गरेका हुन् ।

अक्षरपाटी बाट साभार


प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja