ओलीद्वारा कार्यकर्ताहरूलाई ५२ करोड वितरण, प्रचण्ड झन् अगाडि



पोखरा

दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आर्थिक सहायताका नाममा आफ्ना नेता तथा कार्यकर्ता र उच्च नेताहरूलाई ५२ करोडभन्दा धेरै रकम राज्यको ढुकुटीबाट वितरण गरेको रहस्य बाहिर आएको छ ।

ओली पहिलो पटक प्रधानमन्त्री बनेका बेला १२ करोड २५ लाख १३ हजार ६ सय ३५ रुपियाँ आर्थिक सहायता बाँडेको उच्च स्रोतले जनाएको छ । ओली ०७२ असोज २४ गते प्रधानमन्त्री भएका थिए ।

करीव १० महिना प्रधानमन्त्रीको कुर्सीमा बसेका ओलीले तत्कालीन एमालेका नेता र ठूला नेताहरूलाई १२ करोडभन्दा धेरै रकम वितरण गरेका हुन् ।

दोस्रो पटक प्रधानमन्त्री बनेका ओलीले १६ महिनामा ३९ करोडभन्दा धेरै रकम राज्यकोषबाट नेकपाका पहुँचवाला नेता तथा कार्यकर्तालाई बाँडेका छन् ।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ३९ करोड ८१ लाख ७९ हजार ९ सय १५ रुपियाँ राज्य कोषको ढुकुटीबाट वितरण गरेका छन् ।

ओलीले दोस्रो पटक प्रधानमन्त्रीको कुर्सी ०७४ फागुन ३ गते सम्हालेका हुन् । यो १६ महिनाको जेठसम्म ओलीले यति धेरै रकम सरकारी ढुकुटीबाट बितरण गरेर सिध्याएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिमहिना औसत २ करोड २६ हजार ६ सय ७५ रुपियाँका दरले वितरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गोप्य कुराहरू बाहिर जान्छ भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकारहरूलाई रोक लगाएका छन् । पत्रकारहरूलाई प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा प्रवेशमा रोक लगाइएको छ ।

प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा जानै पर्ने भयो भने भित्रबाट कुनै कर्मचारी वा निजी सचिवालयले सुरक्षाकर्मीलाई गेटमा नाम टिपाउनुपर्छ । पत्रकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयमा पत्रकारलाई भित्र्याएको रेकर्ड रहने भएपछि समाचार सूत्रहरूले समाचार दिन अफ्ठ्यारो मान्न थालेका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आर्थिक सहायताका नाममा ठूलो रकम राज्य कोषबाट वितरण गरेको तथ्याङ्क बाहिरिएको छ ।

प्रचण्डले दश महिनामा ५९ करोड ४६ लाख ७१ हजार १ सय २ रुपियाँ आर्थिक सहायताका नाममा राज्य कोषको ढुकुटीबाट पहुँचवाला तत्कालीन माओवादीका नेता तथा कार्यकर्तालाई रकम बाँडेका थिए ।

ओली नेतृत्वको सरकार ढलेपछि प्रचण्ड ०७३ साउन १९ गते नेपाली कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका थिए । ०७३ साउन १९ गतेदेखि ०७४ जेठ २३ गतेसम्म प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

बजेटमा आर्थिक सहायता शीर्षकमा व्यवस्था गरिएको भन्दा दुई गुणा बढी रकम प्रचण्डले वितरण गरेका थिए । प्रचण्डको कार्यकालका बेला आर्थिक सहायता शीर्षकमा २५ करोड रुपियाँ छुट्टयाइएको थियो ।

त्यस बेला प्रचण्डले प्रतिमहिना ५ करोड ९४ लाख ६७ हजार १ सय १० रुपियाँका दरले आर्थिक सहायता शीर्षकमा रकम बाँडेको थिए ।

राष्ट्र र जनताका लागि कम्युनिस्टहरू असल हुन्छन भनेर भाषण गर्नेहरू नै राज्य कोष दुरुपयोगमा लागेपछि सर्वसाधारणले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

रिपब्लिका दैनिक बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja