सीपीएल बार्बाडोसको पहिलो जित, सन्दीप बने ‘म्यान अफ दि म्याच’



पोखरा

सन्दीप लामिछाने आबद्ध रहेको बार्बाडोस ट्रिडेन्टले क्यारिवियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा बार्बाडोसले सेन्ट किट्स इन्ड नेभिस प्याट्रियट्सलाई
१८ रनले पराजित गरेको हो । १८७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्याट्रियट्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६८ रन मात्रै बनाउन सक्यो । उसका लागि लाउरिइ इभान्सले ६४ रन बनाए ।

बलिङतर्फ नेपालका युवा लेग स्पिनर सन्दीपले तीन विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका सन्दीप खेलको म्यान अफ द म्याच घोषित पनि भए । उनले चार ओभर बलिङ गर्दै २२ रन खर्चिएर तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १८६ रन बनाएको थियो । उसका लागि लेनिको बाउचरले अविजित ६२ र जोनसन चार्लसले ५२ रन बनाए ।

Online khabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja