सिरहा र सप्तरीमा २५ डिप ट्युबेल जडान



पोखरा

वर्षेनी खडेरीको माग खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी आर्थिक वर्ष २०७५/७६ मा भूमिगत जलस्रोत विकास समिति लहानले २५ थान डिप ट्युबेल जडान गरेको छ ।

सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले भूमिगत जलस्रोत विकास समिति लहानले आर्थिक वर्ष २०७५/७६ मा सिरहामा ११ थान र सप्तरीमा १४ थान गरी २५ थान डिप ट्युबेल जडान गरेको हो ।

सो आिर्थक वर्षमा सिरहाको धनगढीमाई नगरापलिकाको विभिन्न वडामा पाँच थान, कल्याणपुर–१० बङठिया, बरियारपट्टी–१ कचनारी, औरही गाउँपालिका–४ इटाटारमा एक/एक थान, मिर्चैया नगरपालिका–८ मा दुई थान, नरहा गाउँपालिकामा एक थान गरी ११ थान डिप ट्युबेल जडान गरेको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख सुदर्शनप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनिया र सकरपुरा, डाक्नेश्वरी नगरपालिका–६ बथनाहा, राजविराज नगरपालिका–९ मलेठमा एक÷एक थान, सुरुङ्गा नगरपालिका–७ मा सात थान र छिन्नमस्ता गाउँपालिका वडा नं १ र २ मा एक÷एक थान गरी सप्तरीमा १४ थान डिप ट्युबेल जडान गरिएको प्रमुख अधिकारीले बताउनुभयो ।

त्यस्तै सो आर्थिक वर्षमा सिरहामा पाँच थान पावर ड्रिलसमेत जडान गरिएको समितिले जनाएको छ । समितिले विभिन्न कृषक समूहमा आवद्ध भएका किसानको मागअनुसार डिप ट्युबेल तथा पावर ड्रिल जडान गर्दै आएको छ । समितिले सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja