हवाई आक्रमणमा परी १८ जनाको मृत्यु



पोखरा

पूर्वी सिरियामा इरान समर्थक सेना र नागरिक सेना आखाडालक्षित भएको हवाई आक्रमणमा परी १८ लडाकू मारिएका सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

इराकको सिमानानजिकै अल–बुकामाल सो आक्रमण भएको बेलयतसँगआवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो युद्धमा अल–कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो ।

सो आन्दोलनका परी सो समयदेखि हालसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यस द्वन्द्वमा परी लाखौं व्यक्ति घाइते भएका छन् भने लाखौं आफ्नै देश र विदेशमा शरण लिएर बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja