बरु सभापतिबाट हट्न तयार छु, तर अन्तरघातीलाई छाडदिनः सभापति देउवा



पोखरा

नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो निर्वाचनमा अन्तरघात गरेर पार्टीलाई हराउनेलाई कुनै पनि हालतमा कारबाही गर्ने चेतावनी दिनुभएको छ। यसका लागि बरु आफु सभापतिबाट हट्न परे पनि हट्न तयार रहेको उहाँको भनाई छ ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुको लागि आयोजित प्रदेश ३ स्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबार भक्तपुरमा उद्घाटन गर्दै सभापति देउवाले यस्तो चेतावनी दिनुभएको हो।

‘गएको चुनावमा पार्टीलाई हराउने र अन्तरघात गर्नेहरुलाई कारबाही हुन्छ’, सभापति देउवाले भन्नुभयो, ‘बरु म बाहिरिनुपरे बाहिरिन्छु तर कारबाही हुन्छ।’
चुनावमा असहयोग गर्ने र उल्टै पार्टीलाई हराउनेहरुलाई कारबाही नगर्न धेरै दबाब आएकोतर्फ संकेत गर्दै उहाँले थप्नुभयो, ‘पार्टीलाई हराउनेलाई कारबाही गर्न नपाउने ? धेरै साथीहरुले चुनाव हार्नुभएको छ। ती साथीहरु हार्नुभएको होइन पार्टी हारेको हो।’

सभापति देउवाले मुलुकमा एकदलीय सर्वसत्तावाद लाद्न कम्युनिस्टहरु लागिपरेकोसमेत औँल्याउनुभयो। उहाँले कम्युनिष्टहरुको एकदलीय सर्वसत्तावादविरुद्ध मुलुकमा फेरि अर्को आन्दोलनको जरुरी भएको स्पष्ट पार्नुभयो। यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रहसमेत गर्नुभयो ।

‘कर्मचारीहरुलाई तर्साएर र धम्काएर कम्युनिस्ट पार्टीमा प्रतिबद्ध बनाइँदैछ। प्रहरी र सेना तथा न्यायाधीशलाई समेत कम्युनिस्ट पार्टीप्रति प्रतिबद्ध बनाउन सरकार लागिपरेको छ’, उहाँले भन्नुभयो, ‘जनताको करबाट पालिने कर्मचारी, प्रहरी, सेना र न्यायाधीशहरुलाई एक पार्टीप्रति प्रतिबद्ध बनाउनु ठूलो खतरा हो। यो कांग्रेसलाई स्वीकार्य छैन।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja