होटल व्यवसायीलाई आधारभूत तालीम



पोखरा

पर्यटकलाई भित्र्याउने र उनीहरुको बसाइँ अवधि बढाउने उद्देश्यले यहाँका होटल व्यवसायीहरुका लागि १० दिने आधारभूत तालीमको आयोजना गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा खोटाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सो तालीममा नगरभित्रका ४० जना होटल व्यवसायीको सहभागिता रहेको छ । बिहीबारदेखि शुरु भएको सो तालीमका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक सहयोग गरेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

नगर भित्रिने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत, सत्कार तथा सम्मान गर्नेदेखि पकाउने, पस्काउने र परिकार छनोट गर्ने तरिकाबारे तालीममा जानकारी गराइने सङ्घले जनाएको छ । पर्यटकीय क्षेत्रको विकास तथा प्रचारप्रसारका कारण आउने पर्यटकका लागि आकर्षक सेवासुविधा प्रदान गर्न यो तालीम उपयोगी हुने विश्वास अध्यक्ष राईको छ ।

नगरपालिकाले प्राथमिकताका साथ विकास तथा प्रर्वद्धन गरिरहेको ११ पर्यटकीयस्थल, मध्यपहाडी लोकमार्ग आदिका कारण जिल्लामा केही वर्षभित्रै पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । तालीमको उद्घाटन गर्दै नगरप्रमुख दीपनारायण रिजालले हलेसीमा आउने पर्यटकलाई आफ्नो नगरसम्म ल्याउन पहल भइरहेको बताउनुभयो । हलेसी आउने पर्यटकलाई आफ्नो नगरसम्म ल्याउने उद्देश्यले हलेसीमै सूचना केन्द्र राखिएको छ ।

हलेसी दर्शन गरिसकेपछि दिक्तेलबजार नजिकै रहेको कालिका भगवतीको दर्शन नगरेमा मनोकाङ्क्षा पूरा नहुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja