शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप र भागबन्डा नगर्न नेविसंघको माग



पोखरा

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलगायत उपकुलपति रिक्त भएका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगरी उपकुलपति नियुक्ति गर्न माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप र भागबन्डा बन्द गर्न माग गर्दै आइतबार नेविसंघले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। नेविसंघले सरकारविरूद्ध पनि नाराबाजी गरेका छन्।
प्रदर्शनमा ने बि संघका नि.महामन्त्री कुन्दनराज काफ्ले,रामप्रसाद अधिकारी,युवराज पाण्डे,नवराज त्रिपाठी,उमेश थापा मगर,निरन्जन थापा,ईश्वर अधिकारी,गोपि सिवाकोटी,सुवास घिमिरे,दिपक ओझा लगायत बिद्यार्थीनेताहरु सहभागी हुनुहुन्थ्यो। प्रदर्शनमा नि.महामन्त्री काफ्लेले ने.बि संघमा तत्काल नयाँ नेतृत्व आउनुपर्ने कुरा बताउँदै सबैलाई नसमेटिए दुईवटा ने बि संघ आउने चेतावनी समेत दिनुभयो।

प्रदर्शनकारीले ‘शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर, भागबन्डाका आधारमा उपकुलपति नियुक्ति नगर’ जस्ता नारा लगाएका थिए। त्रिविलगायत विश्वविद्यालयका उपकुलपतिको चार वर्षे कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्ति भएको छैन।
सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा उपकुलपति सर्च कमिटी बनाइएको छ। कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेकाले पनि उपकुलपति नियुक्तिमा ढिलाइ भएको हो।

उपकुलपति नियुक्तिमा ढिलाइ भएपछि त्रिविलगायतमा कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ। शिक्षाध्यक्ष सुधा त्रिपाठीले कार्यवाहक उपकुलपतिको जिम्मेवारी लिनुभएको छ। नेविसंघले दुइटामध्ये एक पद मात्रै रोज्न त्रिपाठीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको थियो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja