स्याङ्जामा जीप दुर्घटनामा तीनको मृत्यु



पोखरा

स्याङ्जाको गल्याङमा आज भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन् । घाइतेको पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पा तथा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बुधबार दिउँसो पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गल्याङतर्फ आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप बुटवल पावर कम्पनीको कार्यालय नजिकै सडकबाट झण्डै ४०० मिटर तल खसेको थियो । दुर्घटनापर्नेमा तीज मनाएर घर फर्कंदै गरेका महिला धेरै छन् । ओभर लोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja