नौ करोड ५९ लाख कम राजश्व सङ्कलन



पोखरा

मोरङस्थित भूमिसुधार तथा मालपोत कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा गएको आर्थिक वर्षमा रु नौ करोड ५९ लाख ३७ हजार ५३४ ले कम राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा उक्त कार्यालयले रु ८१ करोड ८७ लाख १८ हजार ४४ राजश्व सङ्कलन गरेकामा गत आर्थिक वर्षमा रु ७२ करोड २७ लाख ८० हजार ५१० राजश्व सङ्कलन गरेको थियो ।

गत आवमा घर जग्गा रजिष्ट्रेशन तथा रोक्का लगायतबाट रु ५१ करोड २० लाख नौ हजार ७५५, पूर्जा बिक्रीबाट रु चार लाख १५ हजार ५२५, बेरुजु दाखिलाबाट रु तीन लाख ६२ हजार २६०, पूँजीगत लाभकारबाट रु २० करोड ८८ लाख ८० हजार ४८२ र न्यायिक दस्तुरबाट रु १० लाख २४ हजार ६८६ सङ्कलन भएको कार्यालयका लेखा अधिकृत शम्भुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja