वैज्ञानिक आइन्स्टाइनका महान वाणिहरु



पोखरा

विज्ञानका पिताको रुपमा चिनिने तथा सापेक्षतावादको सिद्धान्तका प्रतिपादक अल्बर्ट आइन्स्टाइन वैज्ञानिक मात्र नभएर विश्वविख्यात चिन्तक पनि हुन्। उनले भौतिक विज्ञानका क्षेत्रमा मात्र नभएर सामाजिक विज्ञानका क्षेत्रमा पनि गुणात्मक योगदान पु¥याएका छन्। उनको प्रेरणाले मानिसलाई सधै उत्साहित समेत बनाउने गरेका छन्।


आइन्स्टाइनका महान वाणिहरुः

१. ज्ञानभन्दा कल्पना शक्ति धेरै शक्तिशाली हुन्छ।
२. एकमात्र सच्चा मूल्यवान चीज आत्मज्ञान हो।
३. म भविष्यको बारेमा उस्तो सोच्दिनँ, किनभने यो छिट्टै आउँछ।
४. धर्म विना विज्ञान लङ्गडो र विज्ञान विना धर्म अन्धो हुन्छ।
५. हामीले बलद्वारा शान्ति प्राप्त गर्न सक्दैनौं। मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ।
६. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ। तिम्रो मस्तिष्क अझै पनि महान् छ।
७. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर। सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु, त्यसले तिमीलाई धेरै कुरा सिकाउँछ।
८. जुन व्यक्तिले कुनै पनि गल्ती गरेन भने उसले केही पनि सिक्दैन।
९. एक टेबल, एक कुर्सी, एक कचौरा फल र एक वायलन भलै खुसी रहनका लागि यो भन्दा बढी के चाहियो र?
१०. जो मानिसले कहिल्यै पनि गल्ती गरेको छैन भने उसले कहिल्यै पनि केही नयाँ गर्ने कोसिस गरेको छैन।
११. यदि हामीले मानव जातिलाई जीवित राख्नु छ भने हामीलाई विल्कुलै नयाँ सोचको जरुरत हुन्छ।
१२. कुनै पनि समस्या चेतनाको त्यही स्तरमा रहेर हल गर्न सकिँदैन, जहाँबाट उत्पन्न भएको छ।
१३. जब एक राम्री केटीको साथमा बसेका छौ भने एक घण्टा एक सेकेण्ड जस्तो लाग्छ भने यदि बलिरहेको अंगारमा बस्छौ भने एक सेकेण्ड एक घण्टा जस्तो लाग्छ, यही सापेक्षता हो।
१४. दुई चीज अनन्त छन्, एक ब्रह्माण्ड र मनिसको मुर्खता। तर, म ब्रह्माण्डको बारेमा यकिनको साथमा भन्न सक्दिनँ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja