नेपालको विकास र समृद्धिको बाधा कतिपय नेपालका पिछडिएका संस्कारहरु हुन्



पोखरा

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले नेपालको विकास र समृद्धिको बाधा कतिपय नेपालका पिछडिएका संस्कारहरु रहेको बताउनुभएको छ ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, वैदामले पोखरा वैदाममा आयोजना गरेको १४ औँ खुल्ला तीजगीत महोत्सवमा प्रमुख अतिथि भएर पाल्नुभएका मन्त्री विश्वकर्माले महोत्सवमा बोल्दै कतिपय ठाउँमा अझै महिलामाथी विभेद,दुव्र्यवहार भएको बताउनुभयो ।

उहाँले कार्यक्रममा महिलाहरुको महान चाड हरितालिका तिजको शुभकामना दिदै आफ्नो मौलिक संस्कृतिलाई जगेर्ना गर्नुपर्ने कुरामा जोड दिदै अहिले संविधानले ३३ प्रतिशत महिलाहक सुनिश्चितता गरेको र उक्त हक विश्वको लागि उदाहरणिय भएको पनि दाबी गर्नुभयो ।

यस्तै कार्यक्रममा लोक गायिका हरिदेवी कोइरालालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja