दूधको मूल्य बढाउन माग



पोखरा

दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन् ।

रिपोर्टस् क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष आनन्द निउरेले प्रतिलिटर दूधको मूल्य रु १० बढाउन माग गर्नुभएको हो । उहाँले तीन वर्षदेखि दूधको मूल्य एउटै रहेकाले बढाउन माग गरिएको बताउनुभयो ।

“अहिलेकै मूल्यमा दूध बेच्दा हाम्रो लागत मूल्य नै उठ्दैन”, उहाँले भन्नुभयो, “सम्पूर्ण वस्तुको मूल्य पटकपटक बढ्दा पनि दूधको मूल्य बढेको छैन । त्यसैले दूधको मूल्य बढाउनु पर्दछ ।” केन्द्रीय दुग्ध विकास बोर्ड र दुग्ध विकास संस्थानले नेपालमा दूध उत्पादक किसानको सहभागिता हुनुपर्ने, किसान निवृत्तिभरण र किसानको वर्गीकरणसहितको परिचयपत्रो व्यवस्था गर्नुपर्ने, कृषि सहकारी र बचत ऋण सहकारीले एक प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्न पाउनुपर्ने समाजले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja