युनियनका कारण टेलिकम धरापमा पर्दैछ: मन्त्री बाँस्कोटा



पोखरा

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारी सङ्गठनको राजनीतिक अराजकताका कारण नेपाल टेलिकमले सोचेजस्तो प्रगति गर्न नसकेको बताउनुभएको छ ।

नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय रुपन्देहीको निरीक्षणमा भैरहवा पुग्नुभएका मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालका रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको बताउनुभयो ।

दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि नौ परियोजना अगाडि बढेको जानकारी दिँदै उहाँले यसको कार्यान्वयनमा सहयोग गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “नेपाल टेलिकमले आफ्ना सबै कर्मचारीलाई तलबभत्ता दिएकाले यसको विकासमा सहयोग नपु¥याउने र व्यक्तिगत कमाइमा लाग्ने कर्मचारीलाई सरकारले कार्वाही गर्छ ”, मन्त्री बाँस्कोटाले बताउनुभयो ।

साविकको पश्चिमाञ्चल विकास क्षेत्रका लुम्बिनी, गण्डकी र धवलागिरि अञ्चलका १६ जिल्लाको क्षेत्रीय कार्यालय रहेको नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय भैरहवामा उपस्थित भएका मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई मन्त्री बाँस्कोटाले जनमुखी भएर काम गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja