केही स्थानमा भारी वर्षाको सम्भावना



पोखरा

आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो । “बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ”, मौसमविद् पौडेलले भन्नुभयो ।

मनसुनी प्रणालीसँगै स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जन, हावाहुरी र चट्याङ वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । हाल देशका मध्य र पूर्वीका अधिकांश भू–भागमा र पश्चिमका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशका पूर्वी भू–भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानका र पश्चिका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिबार देशभरि सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली र मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसमपूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले मेघगर्जन/चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै देशका एक–दुई स्थानमा भारी वर्षको सम्भावना रहेकाले जसले गर्दा चुरेबाट बहने खोलाको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भन्दै महाशाखाले सचेत रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja