कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि प्रतिनिधि खटाइयो



पोखरा

नेपाली काङ्ग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई लक्ष्य गरी प्रतिनिधि खटाएको छ ।

जिल्ला कार्यसमितिको बिहिबारको बैठकले निर्वाचनलाई लक्ष्य गरी पार्टीलाई शसक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१७ मा सभापति कृष्ण केसी, २० मा उपसभापति आइबहादुर गुरुङ, ११ मा सचिव सुदीपमोहन भट्टराई, २१ मा सचिव देवेन्द्र रानाभाट, ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे र पोखरा–७ मा सहसचिव रङ्गिला आचार्यलाई प्रतिनिधि तोेकिएको छ ।

यस्तै पोखरा–१५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई प्रतिनिधि तोकेको छ । बैठकले पहिलो चरणको जनजागरण अभियानका क्रममा प्राप्त सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्न सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा गठित समितिले जिम्मेवारी पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ । कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ र ३२ गते पोखरामा आयोजित प्रशिक्षण सफल बनाउन योगदान गरेको भन्दै पोखरा १७ कार्य समितिप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja