सुरक्षा कारण देखाउँदै रोहिङ्ग्या शरणार्थी स्वदेश फर्किन अस्वीकार



पोखरा

बङ्लादेशमा शरणार्थीको रूपमा बसेका रोहिङ्ग्याहरुलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ ।

विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरुलाई बिहीबार स्वदेश फर्काउने योजना बङ्लादेशमा बनाइएको थियो ।

मुस्लीम समुदायको बाहुल्यतासहित झण्डै सात लाख ४० हजार म्यानमारका रोहिङ्ग्या समुदायका बासिन्दा सन् २०१७ देखि बङ्लादेशमा शरणार्थी बन्न बाध्य छन् । उनीहरुलाई स्वदेश फर्काउन बङ्लादेशले पटक पटक प्रयास गरेपनि सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरुले स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।

आफुहरूलाई म्यानमारको नागरिकता दिनुपर्ने सुनिश्चितताको सर्त पनि उनीहरुले राखेको समाचारमा जनाइएको छ ।

“म्यानमार सरकारले हामीलाई लुट्ने छ, हामीलाई मार्ने छ, त्यसैले हामीलाई सुरक्षाको सुनिश्चितता नहुँदासम्म स्वदेश फर्किन सक्दैनौ, हामी जाँदैनौ,” रोहिङ्ग्या शरणार्थीका नेता नोसिमाले भन्नुभयो । अर्का एक शरणार्थी मोहम्मद इस्लामले थप्नुभयो, “हामीलाई सुरक्षा र नागरिकताको सुनिश्चितता गरिनुप¥यो, हामीलाई हाम्रो वास्तविक जग्गाजमिन दिने प्रतिबद्धता आउनु प¥यो ।”

यस बारेमा आफुहरु स्वदेश फर्कनु अगाडि म्यानमार सरकारसँग कुरा गर्न चाहेको पनि उनीहरुले बताएका छन् । अहिलेको चरणमा ३४ हजार शरणार्थीलाई स्वदेश फर्काउन भन्दै स्थानीय समय अनुसार विहान ९ बजे तेक्नाफ शिविरमा सवारी साधनहरु ल्याइएको थियो । तर छ घण्टासम्म पनि सवारी साधनमा बस्न कोही तयार नभएर सवारी साधन खाली नै रहेको थियो भने उनीहरु शुक्रबार फर्किने अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

“हामीले २९५ परिवारसँग अन्तर्वार्ता गरिसकेका छौँ, अहिलेसम्म कसैले पनि स्वदेश फर्किने इच्छा देखाएका छैनन्,” बङ्लादेशका शरणार्थी आयुक्त मोहम्मद अबुल कलामले पत्रकारहरुसँग भन्नुभयो । उहाँले शरणार्थीहरुसँग सरकारी अधिकारीहरुले अन्तर्वार्ता गर्ने कार्यलाई निरन्तरता दिने जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja