सिरहाका दुई स्थानीय तह अझै बजेट ल्याउन असफल



पोखरा

चालू आर्थिक वर्षअनुसार काम शुरु भएको एक महिना बितिसक्दा पनि सिरहाका दुई स्थानीय तहले अझैसम्म वार्षिक बजेट सार्वजनिक गरेका छैनन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असारभित्रै अनिवार्यरुपमा बजेट ल्याउनुपर्ने व्यस्था भए पनि तोकिएको अवधिभन्दा दुई महीना नाघ्दासमेत सिरहाको औरही गाउँपालिका र कल्याणपुर नगरपालिका बजेट सार्वजनिक गर्न असफल भएका हुन् ।

गत असार र साउनमा भएको वर्षा र त्यससँगै आएको बाढीका कारण आफ्नो नगरपालिका क्षेत्र डुवानमा पर्दा राहत तथा उद्धारमै जुट्नुपरेकाले निर्धारित समयमा बजेट सार्वजनिक गर्न नसकिएको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले जानकारी दिनुभयो ।ढिलैभए पनि गत साउनको २५ गते नगरसभाबाट आर्थिक वर्ष ०७६/०७७ को बजेट पारित गरिए पनि नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नआउँदा मन्त्रालयमा बजेटबारे जानकारी गराउन नसकिएको उहाँको भनाइ थियो ।

यस्तै आन्तरिक विवादका कारण हालसम्म गाउँसभाबाट बजेट सार्वजनिक गर्न नसकिएको औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिनुभयो । वडाध्यक्षहरू तथा उपाध्यक्षले विभिन्न विषयमा विवाद गर्दै आएकाले समयमै बजेट ल्याउन नसकिएको स्वीकार्दै बजेट ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

कानूनअनुसार सम्बन्धित गाउँ र नगरसभामा बजेट पेश भई स्वीकृत नभएसम्म स्थानीय तहले बजेट खर्च गर्न नपाउने भए पनि ती स्थानीय तहले अझै बजेट सार्वजनिक नगर्दा विकास निर्माण तथा ठूला कार्यक्रममा रकम खर्च गर्न नसकिरहेको कर्मचारी बताउँछन् ।बजेट ल्याउन असफल स्थानीय सरकारले तलबभत्ताका लागि पेस्की बजेट खर्च गर्नसक्ने भए पनि विकास निर्माण तथा ठूला कार्यक्रममा रकम खर्च गर्न नपाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja