अमेरिकी गिर्जाघर(चर्च)मा आक्रमण गर्न खोज्ने पक्राउ



पोखरा

अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च) मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक ड्राइभरलाई पक्राउ गरेको छ ।

स्थानीय संचार माध्यमका अनुसार गत सोमबार इन्डियानापोलिसबाट एफबिआईले ३८ वर्षीय थोमस म्याथु म्याकभिकरलाई गिरफ्तार गरेको थियो । मेम्फिसको चर्चमा बिहीबार गोली हानी त्यहाँ भेला भएका व्यक्तिहरुको सामूहिक हत्या गर्ने योजना बनाएको कुरा म्याकभिकरले साथीहरुलाई सुनाएको आधारमा उनलाई पक्राउ गरिएको हो ।

एफबिआईको अनुसन्धानमा ती व्यक्ति मानसिक बिरामी रहेका र उनको साथमा रुगर पी९० ह्यान्डगन रहेको फेला परेको थियो ।

म्याकभिकरकी आमाले आफ्नो छोरा सिजोफ्रेनिया (मनोरोग)बाट ग्रस्त रहेको र कहिलेकाहीँ कोकिनजस्ता लागूपदार्थ समेत सेवन गर्ने गरेको बताइन् । अमेरिकामा केही वर्षदेखि सार्वजनिक स्थलहरुमा सामूहिक हत्याकाण्डका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja