पोखरामा डेङ्गुको जोखिम बढ्दै



पोखरा

कास्कीको पोखरामा दुई साता अघि देखिएको डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म १२१ डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बरालका अनुसार पोखरा महानगरपालिका–८ स्थित कवाडी सङ्कलन केन्द्र तथा स्थानीयवासीको घरमा रहेका पुराना भाँडामा जम्मा भएको पानीबाट डेङ्गुको सङ्क्रमण देखिएको हो । स्थानीयवासीले रोगबारे थाहा पाए पनि त्यसबाट बच्न सतर्कता नअपनाउँदा जोखिम बढ्दै गएको बरालले बताउनुभयो ।

स्थानीयवासीले भने महानगरपालिकाको बेवास्ताका कारण डेङ्गुको सङ्क्रमण बढेको बताए । “महानगरले डेङ्गु फैलनु अघि रोकथामको पहल गर्न सकेन”, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले भन्नुभयो ।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा विभिन्न वडामा लामखुट्टेको बासस्थानको खोजी गरी त्यसलाई नष्ट गर्न थालिएको बताउनुभयो । स्थानीयवासी सतर्क नहुँदा समस्या बढेको उहाँको भनाइ छ । डेङ्गु सामान्यतया लामखुट्टेको टोकाइबाट मानिसमा सछ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेङ्गु सार्ने गरेको शर्माले बताउनुभयो । पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्दछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja