‘न्याय र कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक’



तस्वीरः गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर आइतबार मुलुकी संहिता दिवस २०७६ को अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र गण्डकी प्रदेश आन्तरिक मामिला एवं कानून मन्त्रालयद्वारा पोखरामा आयोजित ‘मुलुकी संहिता कार्यान्वयनको सम्बन्धमा देखिएका समस्या र समाधान’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै।

पोखरा

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले न्याय र कानूनको प्रभावकारी कार्यान्वयनको आवश्यकतामा जोड दिनुभएको छ ।

मुलुकी संहिता दिवस २०७६ का अवसरमा नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आइतबार यहाँ आयोजित ‘मुलुकी संहिताहरू कार्यान्वयनका सम्बन्धमा देखिएका समस्या र समाधान’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमका उहाँले कानून र न्याय राज्यको प्रमुख अस्त्र रहेको बताउनुभयो ।

समयसापेक्ष रुपमा नेपाली समाजलाई उकास्न देशमा अन्तर्राष्ट्रिय मापदण्डको सबल र विश्वले आत्मसात गरेका नविनतम अवधारणालाई समावेश गर्दै कानूनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुको विकल्प नरहेको उहाँको भनाइ छ ।

कार्यक्रमका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले समाजमा व्याप्त कानूनी अज्ञानता हटाउन कानूनी साक्षरता अभिवृद्धि आवश्यक भएको बताउनुभयो । मुलुकी संहिता कार्यान्वयनका सम्बन्धमा देखिएका समस्या र समाधानका विषयमा गरिएको यस कार्यक्रमले समस्याको पहिचान एवं समाधानका लागि उचित परिणाम निकाल्न सहयोग गरेको बताउँदै उहाँले आवश्यकताअनुसार कानूनको समयानूकुल परिमार्जनका लागि सङ्घीय सरकारमा दबाबमूलक पहल गर्ने धारणा राख्नुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले अनुसन्धान पद्धतिलाई सफल र समयानूकुल बनाउन प्रहरीलाई अधिकारको सुनिश्चितता, आवश्यक स्रोत साधनको पर्याप्तता र न्याय व्यवस्थालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रहरीलाई काम गर्न असहज बनाइरहेका प्रावधानलाई व्यवस्थित र परिमार्जन गर्दै कार्य सम्पादनका लागि अनुसन्धानमैत्री वातावरण बनाइदिनेतर्फ पहल गर्न सरोकारवाला निकाय समक्ष उहाँले आग्रह गर्नुभयो ।

जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले मुलुकी अपराध तथा मुलुकी फौजदारी कार्यविधि संहिता र जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले मुलुकी देवानी संहिता तथा मुलुकी देवानी कार्यविधि संहिताहरूको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव गोपिनाथ रेग्मी, उच्च बार एशोसिएशन सम्वद्ध पदाधिकारी एवं अन्य सरोकारवाला निकायका व्यक्तिको सहभागिता थियो ।

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja