अभिनेत्री पोखरेललाई पक्राउ नगर्न सर्वोच्चको आदेश



पोखरा

सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल ओझालाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज तत्काल पक्राउ नगर्न आदेश जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतमा आइपुगेको मुद्दामा सो आदेश भएको हो । छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ ।

अभिनेत्री पोखरेलका अनुसार आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी उच्च अदालत पाटनले खारेज गर्न अस्वीकार गरेको थियो । निर्माता छवि ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको बहुविवाह मुद्दामा काठमाडौँ जिल्ला अदालतले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja