‘विधिको शासननै धर्म हो’



पोखरा

गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताउनुभएको छ । ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय नयाँबजारद्वारा आयोजित रक्षाबन्धन एवम स्नेह मिलन कार्यक्रममा उहाँले धर्म भनेकै विधिको शासन भएको बताउनुभयो ।

“जहाँ विधिको शासन हुँदैन, त्यहाँ धर्मको कुनै अर्थ हुँदैन्”, उहाँले भन्नुभयो । धार्मिक सहिष्णुताबिना शान्ति असम्भव भएको उल्लेख गर्दै उहाँले विधिलाई टेकेर शासन गर्न आग्रह गर्नुभयो । प्रदेश प्रमुख कुँवरले भन्नुभयो “जहाँ धर्मलाई टाढा राखिन्छ, धर्मलाई अपमान गरिन्छ, त्यहाँ शान्ति, समृद्धी र सुशासनको कल्पना गर्न सकिँदैन ।”

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले शान्ति र समुन्नत समाजका लागि आध्यात्मिक साधनाको उत्तिकै जरुरत रहने बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवम रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले धर्म, संस्कृति र संस्कारबिना समाज समुन्नत हुन नसक्ने धारणा राख्नुभयो । ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयका पश्चिमाञ्चल निर्देशक ब्रम्हकुमारी राजयोगिनी परिणीताले रक्षाबन्धनको आध्यात्मिक रहस्य र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja