चलचित्र बनाउँदा सुरक्षा संवेदनशीलता आवश्यक



पोखरा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चलचित्र निर्माण गर्दा सुरक्षा संवेदनशीलतालाई ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरीको आयोजनामा राजधानीमा आयोजित चलचित्रकर्मीसँगको अन्तक्र्रियामा उहाँले कलाकारिता र लेख रचनामार्फत सोहीअनुरुपको सन्देश जनसमक्ष पु¥याउन चलचित्रकर्मीले साथ दिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा चलचित्रकर्मी आकाश अधिकारीले प्रहरीसँग आपसी समन्वय र सहयोग जारी रहने उल्लेख गर्नुभयो । अर्का चलचित्रकर्मी नीर शाहले नेपाली चलचित्र उद्योगसँग प्रहरीको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा पारस्परिक सहयोग आदानप्रदान गर्न चलचित्र उद्योग तयार रहेको बताउनुभयो । सामाजिक दायित्वबोध कमी भएको कारण निस्कने अप्ठ्यारो न्यून गर्न अन्तक्र्रियाले सहयोग गर्ने उहाँको भनाइ थियो ।

प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले कार्यक्रममा चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तुअनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिउपर कानूनसम्मत एवं मानवोचित व्यवहार, चलचित्र छायाङ्कनपूर्व प्रहरीप्रधान कार्यालयसँग समन्वय जस्ता विषयमा छलफल भएको जानकारी दिनुभयो ।

यसैबीच प्रहरी प्रधान कार्यालयमा आयोजित ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय अभियानमा सरोकारवालाको साझेदारी भूमिका’ विषयक अन्तक्र्रियामा प्रहरी महानिरीक्षक खनालले मानव बेचबिखनमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरोकारवाला निकाय ऐक्यबद्ध हुन जरुरी रहेको बताउनुभयो । उहाँले बेचबिखन रोक्न सरोकारवाला निकायबीच समिति बनाई अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja