नेपथ्य ब्याण्डको साङगीतिक माहोलमा रमाए कतारवासी नेपाली



पोखरा

इस्लाम धर्मावलम्बीहरूको पर्व बकरइदको अवसरमा ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्य ब्याण्डका अमृत गुरुङसहितको टोलीले कतारवासी नेपालीलाई साङ्गीतिक माहोलमा भरपुर मनोरञ्जन दिएको छ ।

कतारको ग्राण्ड मलस्थित एशियन टाउनको एम्पिथिएटरमा भएको कार्यक्रममा नेपथ्यका गायक गुरुङले गीत सङ्गीतकै क्रममा राष्ट्र समृद्ध बनाउन सबैजना जुट्नु पर्ने भन्दै आफ्ना निकै पुराना तथा नयाँ चर्चित गीतहरु गाएर दर्शकको मन जित्नुभएको थियो ।

नेपथ्य ब्याण्डको कतार दोस्रो पटकको आगमन हो । ब्याण्डमा ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, किबोर्डमा सुरज थापा र मादलमा शान्ति रायमाझीले साथ दिनुभएको थियो ।

कार्यक्रम आयोजक टिमका लक्ष्मण चौलागाईंले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने दर्शक एवम् सहयोगीहरुमा धन्यवाद दिनुभयो । उक्त कार्यक्रमको लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक रहेको थियो भने सहआयोजमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja