मोबाइल एपबाटै अस्पतालको टिकट



पोखरा

स्वास्थ्य परीक्षण गर्नका लागि टिकट लिन अब निजामती कर्मचारी अस्पताल ‘सिभिल सर्भिस हस्पिटल’ मा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सो अस्पतालले बिरामी परीक्षणका लागि मोबाइल एपबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाएपछि टिकट काट्न लाइमा बस्नुपर्ने बाध्यता हटेको छ ।

अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् । ‘प्रभु पे’ मोबाइल वालेटमार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको शुरुआत गरिएको सिभिल अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । ‘मेडीफ्लो सोलुसन’ ले प्रभु पे मोबाइल एपमार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था शुरु गर्ने सिभिल अस्पताल पहिला भएको छ ।

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोबाइल वालेटमार्फत टिकट काट्ने व्यवस्था शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले जानकारी दिनुभयो । अस्पतालमा ओपिडीको टिकट लिनका लागि निकै लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको र बिरामीका आफन्तले घरमै बसेर सहजै रुपमा टिकट काटेर सेवा लिन सक्ने न्यौपानेको भनाइ छ ।

प्रभु पे मोबाइल वालेटसँगको सहकार्यमा शुरु गरिएको यो सेवालाई अन्य अस्पतालमा विस्तार गर्दै लैजाने मेडिफ्लोका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र न्यौपानेले जानकारी दिनुभयो । हाल दैनिक ८०० बिरामी ओपिडी सेवामा आउने गरेको अस्पतालले जनाएको छ ।

अहिले यो सेवामार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल वालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ । प्रभु पे मोबाइल वालेटबाट यो सेवा लिने ग्राहकको लागि विशेष सहुलियतको व्यवस्था गरिने प्रभु टेक्नोलोजीका महाप्रवन्धक खुशल रेग्मीले जानकारी दिनुभयो ।

प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटनभित्र प्रवेश गरेपछि निजामती अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ । सिभिल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउनेछ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने ।

त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्छ । उक्त प्रक्रियापछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपछि टिकटको मूल्य आफ्नो प्रभु पे मोबाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिने जनाइएको छ ।

अस्पतालले हाललाई जनरल ओपिडी टिकट काट्नका लागि बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म राखेको छ । तर यो समय पनि क्रमशः आवश्यकताअनुसार बढाउँदै लगिनेछ ।

पेइङ क्लिनिकतर्फ मोबाइलमार्फत टिकट काट्नका लागि भने हाललाई बिहान १० बजेदेखि परीक्षणण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ । यो समय पनि विस्तारै बढाउँदै लैजाने अस्पतालले जनाएको छ । त्यसैगरी अस्पतालले ल्याब रिपोर्ट अनलाइनमा हेर्न सकिने व्यवस्थासमेत शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja