स्वास्थ्य निर्देशनालय पोखराद्वारा डेङ्गुको सङ्क्रमणबाट बच्न सजग रहन आग्रह



पोखरा

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले डेङ्गुको सङ्क्रमणबाट बच्न सजग रहन आग्रह गरेको छ ।

निर्देशनालयद्वारा आयोजित अन्तरक्रियामा स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले पोखरा महानगरपालिका वडा नं ८ र ९ सहितका वडाका बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएकोले त्यसबाट बच्न पूर्वसजगता आवश्यक भएको बताउनुभयो ।

डेङ्गु लामखुट्टेको टोकाइले सर्ने रोग हो । उहाँले एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस नामका लामखुट्टेको टोकाइबाट यो रोग सर्ने जानकारी दिनुभयो । यो रोगको कुनै विशिष्ट उपचार नभएको र खोपको विकास भई नसकेकाले समयमा नै उपचारको लागि जानुपर्ने उहाँले बताउनुभयो ।

निर्देशनालयका सूचना अधिकारी डा भोजराज गौतमले लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको धारणा राख्नुभयो । लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले अनावश्यकरुपमा नाङ्गो नबनी जीउ ढाक्ने लुगा लगाएर निस्कन आग्रह गर्नुभयो । लामखुट्टेले गाडीको पुरानो टायर, खुला टयाङ्की, गमलाजस्ता भाडाँमा जमेको सफा पानीमा फूल पार्ने हुँदा पानी जम्न दिन नहुने उहाँले बताउनुभयो ।

रोग लागेको बिरामीलाई झुल भित्र सुताएमा रोग सर्ने सम्भावना कम हुने र व्यक्तिगत बचावटका लागि लामखुट्टेनासक मलहम लगाउनुपर्ने उहाँको भनाइ थियो । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले डेङ्गु सङ्क्रमणबारे पूर्वसचेतना गराउन विभिन्न वडामा सचेतना एवं लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिनुसभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja