बाढीपीडितलाई राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक भएन : सांसद



पोखरा

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले हालैको बाढी, डुबान तथा पहिरोपीडितका लागि राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले तराई /मधेशमा डुबान तथा पहाडी क्षेत्रमा पहिरो नियन्त्रण गर्न पूर्वतयारी नगरिएको भन्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन सरकार सजग हुनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मी परियारले शान्तिसुरक्षाको प्रत्याभूति गर्न र हालै पूर्वी जिल्लामा दलित युवामाथि भएको कुटपिटको घटना छानबिन गर्न माग गर्नुभयो ।

सांसद विमला विश्वकर्माले एक प्रदेशबाट अर्काे प्रदेश तथा प्रदेशबाट स्थानीय निकायमा जाँदा यातायात क्षेत्रमा रुट परमिट लिन नपर्ने व्यवस्था मिलाउन आवश्यक रहेकामा जोड दिँदै रुट परमिट लिनुपर्ने व्यवस्थाले यातायात व्यवसायी समस्यामा परेका छन् भन्नुभयो ।

सांसद विरोध खतिवडाले सुनको अवैध कारोवार रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने र यसको मूल्यलाई नियन्त्रणमा समेत राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सांसद बोधमाया यादवले तराई मधेशमा रोपाइँ जारी रहेको अवस्थामा मलखाद अभाव रहेको छ, यसतर्फ कृषि मन्त्रालयको ध्यान गएको छ कि छैन ? भन्ने प्रश्न गर्नुभयो ।

सांसद सत्यनारायण शर्मा पौडेलले पूर्वी नवलपरासी जिल्लामा यातायातमा एक पालिकाबाट अर्काे पालिकामा प्रवेश गर्दा कर तिर्नुपर्ने बाध्यता रहेको हँुदा दोहोरो कर हटाउन माग गर्नुभयो ।

सांसद सत्या पहाडीले डोल्पाको दुनैलगायत सिङ्गो कर्णाली प्रदेशको स्वास्थ्यस्थिति माथि उठाउन स्वास्थ्य मन्त्रालयले विशेष कार्ययोजना ल्याउन जरुरी रहेको छ भन्नुभयो ।

सांसद समिना हुसैनले बकर इदमा सार्वजनिक बिदा दिन गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सीतादेवी यादव र सरिताकुमारी गिरीले तराई /मधेशका बाढीपहिरोपीडितलाई थप राहतको व्यवस्था मिलाउन माग गर्दै विगतका द्वन्द्वपीडितले सामाजिक न्यायसमेत नपाएको गुनासो गर्नुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको रामधुनी नगरपालिकामा रहेको रामधुनी मन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja