बालबालिकालाई शैक्षिक सामग्री वितरण



पोखरा

जुम्लाका दुई हजार ४० टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

साविकको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिकाको गज्र्याङकोट, डिल्लीचौर, तातोपानी रकुडारीका टुहुरा बालबालिकाले शैक्षिक सामग्री पाएका हुन् । टुहुरा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको सामाजिक परिचालक दीपकबहादुर शाहीले बताउनुभयो । आमाबाबाविहीन बालबालिकालाई लक्षित गरी गैरसरकारी संस्था किडार्क नेपाल जुम्लाले टुुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरण गरेपछि बालबालिका खुशी भएका छन् र आफ्नो पढाइस्तरमा सुधार आउने बताएका छन् । बालबालिकाको पढाइ सहजता होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको शाहीले बताउनुभयो । यी बालबालिकालाई जलवायु परिवर्तनसम्बन्धी अभिमुखी तालीमसमेत दिइएको छ । रु पाँच लाख १४ हजार ८० बराबरको सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja