बागलुङ पहिरोमा तीनको मृत्यु



पोखरा

जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा गए राति गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

स्थानीय ओमबहादुर श्रीपालीकी ४५ वर्षीया श्रीमती पञ्चकुमारी, देवेन्द श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा हराएका असारी र प्रवीणको शव केहीबेर अघि भेटिएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीले जानकारी दिनुभयो । पञ्चकुमारीको शव भने बिहानै पहिरोबाट निकालिएको थियो ।

पहिरोमा परी सात जना घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये ओमबहादुर श्रीपालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारको लागि अन्यत्र पठाउने तयारी भइरहेको छ । पहिरोले पशु चौपायासहित भौतिक सम्पत्तिमा ठूलोे क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीको भनाइ छ ।

१५० मिटरमाथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ । अहिले पनि वर्षा भइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको छ । उद्धारमा प्रहरी, जनप्रतिनिधिसहित स्थानीयवासी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja