बाढीले विजयपुरको डाइभर्सनमा पुनः क्षति



पोखरा

गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पु¥याएको छ ।

आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पु¥याउँदा आज बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले बताउनुभयो ।

शनिबार राति पनि डाइर्भसन बगाएपछि आइतबार दिउँसो पुनःनिर्माण गरेर यातायातका साधन सञ्चालनमा ल्याइएको थियो । नदीमा राखिएका ह्युम पाइप नबगाए पनि ह्युममाथिको ग्राभेल बगाउँदा क्षति पु¥याएको र नदीमा पानीको सहत नघटेसम्म मर्मतमा कठिनाइ भएको उहाँले जानकारी दिनुभयो ।

विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाइभर्सन बनाएर वारपार गर्ने गरिएको छ । पक्की पुलको आडमा निर्माणाधीन बेलीब्रिज असार मसान्तभित्रमा सञ्चालनमा ल्याइने बताइए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । डाइर्भसनमा क्षति पुगेसँगै १० टनमाथिका ठूला मालबाहक गाडीलाई प्रहरीले गगनगौँडामा नै रोकेर राखेको छ ।

विजयपुर पुल हुँदै दैनिक करीब छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja