निष्पक्ष ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ: परराष्ट्रमन्त्री



पोखरा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीले कसैको दबाबमा नपरी निष्पक्ष तथा पारदर्सी ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।

भन्ज्याग दैनिक पत्रिकाको सम्पादकीय संग्रहको आइतबार विमोचन गर्दै उहाँले पत्रिका शुरु गर्न सजिलो छ तर जनताबीच टिकाई राख्नु चुनौतीपूर्ण रहेको बताउँदै देशको बदलिँदो परिस्थितिसँगै आर्थिक, सामाजिक रुपान्तरणलाई पनि पत्रकारले आफ्नो समाचारमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

मन्त्री ज्ञवालीले सञ्चारजगत् अहिले उद्योगको रुपमा प्रतिस्थापित भएकोमा खुशी व्यक्त गर्दै पत्रकारले मन नपरेको व्यक्तिलाई तेजोबध गर्न नहुने र प्रतिशोध लिने व्यक्तिको हतियार बन्न नहुने चर्चा गर्नुभयो । पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले पत्रकारिताजगत् जनताको दुखसुखको आधार हुनुपर्ने बताउँदै देशको परिवर्तित परिस्थितिसँगै समृद्धिको पक्षमा पनि बहस हुनुपर्ने औँल्याउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले पत्रकारले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि धेरै संघर्ष गरेको बताउनुभयो ।

महासङ्घका अर्का पूर्वअध्यक्ष महेन्द्र विष्टले नेपालका अग्रज पत्रकारहरु इतिहासको ऐनाको रुपमा रहेको चर्चा गर्दै प्रविधिले फड्को मारेको अहिलेको स्थितिमा पत्रकारले मुलुक, समाज तथा आवश्यकतामा जोडेर पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।

सो पत्रिकाका सम्पादक विश्वबन्धु भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा राजनीतिक विश्लेषक झलक सुवेदी तथा माधव शर्मालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja