चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ



पोखरा

जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ ।

मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब १३ हजार ३७० हेक्टरमा मात्र रोपाइँ भएको जानकारी दिनुभयो ।

कार्यालयका प्रमुख सुधीर श्रेष्ठका अनुसार जिल्लामा अघिल्लो वर्षको तुलनामा रोपाइँको प्रतिशत बढेको छ । अघिल्लो वर्ष यही समयमा ३९ प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । अहिले कृषकले डिपबोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरेको उहाँले बताउनुभयो । आकाशे भरमा रोपाइँ हुने र बीउ ढिला राखेका किसानको हकमा भने अहिलेसम्म रोपाइँ भएको छैन । कार्यालयका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा रोपाइँ हुनसकेको छैन । पानी पर्न ढिला गरेका कारण ती क्षेत्रमा रोपाइँ हुननसकेको हो ।

भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकामा १५/१५ प्रतिशत मात्र रोपाइँ भएको छ । यस्तै माडीमा ३५ प्रतिशत, रत्ननगरमा ८० प्रतिशत, खैरहनीमा ९५ प्रतिशत, राप्तीमा ९० प्रतिशत र कालिका नगरपालिकामा ६५ प्रतिशत खेतीयोग्य जमीनमा रोपाइँ भएको छ ।

बाली विकास अधिकृत पौडेलले रोपाइँ ढिला हुँदा बीउको उमेर बढ्ने भएकाले उत्पादकत्व यस वर्ष घट्नसक्ने बताउनुभयो । ढिलो रोपाइँ गर्दा सूर्यको प्रकाशमा कमी भयो भने पनि उत्पादन घट्न जान्छ । रोपाइँ हुन नसकेका क्षेत्रमा नहरको पानी ढिला छोड्नु र सिँचाइका लागि आकाशे पानीमा भर पर्नुपर्ने भएकाले समस्या आएको कार्यालयका सूचना अधिकारी रामराजा पौडेलले जानकारी दिनुभयो । अघिल्लो वर्ष जिल्लामा एक लाख ६७२ मेट्रिकटन घान उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja