विषादियुक्त तरकारी, फलफुलको बहिष्कार गर्नुको साथै कृषिमा क्रान्ति गरौँः नेता थापा



पोखरा

ने बि संघ का नेता मनिश जङ थापाले बाहिरि मुलुकबाट आएका बिषादियुक्त तरकारी र फलफुल बहिस्कार गर्नुका साथसाथै बाझो खेतमा पनि हलो जोतेर खेती गर्दा आन्दोलन गर्नु आवस्यक नै नहुने बताउनुभएको छ ।

अहिलेको समस्या तरकारी, फलफुलको विषादी जाँच गरेर नेपाल भित्रीनुपर्छ भन्ने रहेको र यसको लागी आन्दोलन र दबाब ठिक भएपनी सधैं बिरोध मात्र समस्याको दीर्घकालीन सामाधान होइन। सचेत नागरिकहरुले आफु सचेत हुनुका साथै यो समस्या को दिर्घकालिन समाधान पनि खोज्न जरुरि रहेको थापाले बताउनुभएको छ।

कम्युनिस्टहरु लम्पसारबादी भए पनि आम नेपाली जनता लम्पसारबादि छैनन र हुँदैनन पनि । त्यसैले हिलोमा टेकेर हिँड्नुभन्दा हिलोलाई साफा गरेर हिड्नु नै उत्तम हुने भन्दै नेता थापाले स्वस्थ तरकारी र फलफुलका लागी बिरोध र अन्दोलभन्दा कृषी क्रान्ती गरेर बाझो खेतमा हलो जोतेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो।

‘हामी नेपालीहरु आफु हलो जोत्न र कोदालो चलाउन गाह्रो मान्ने अनि भारतले बिषादी हालेको तरकारी नदिएर के अमृत हालेर दिन्छ त?’ भनेर प्रश्न गर्दै नेता थापाले आन्दोलनले खान नदिने र खानका लागी पाखुरा चलाउनै पर्ने बताउनुभयो। सरकारको बिरोध गरेर मात्र जनताको स्वास्थ्य माथीको खेलबाड रोक्न सकिन्न भन्दै बरु सम्पुर्ण नेपालीहरुले स्वस्फूर्त रुपमा सचेत भएर बिसादियुक्त तरकारी र फलफुललाई बहिष्कार गर्दै नेपाललार्इ नै कृषिमा आत्मनिर्भर बनाउन सहयोग गर्न नेता थापाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja