सिरिया आक्रमणमा सात बालबालिकाको मृत्यु: राष्ट्रसंघ



पोखरा

सिरियाको उत्तर पश्चिमी क्षेत्रमा यसै साताहान्तमा भएका आक्रमणमा कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघका एक प्रवक्ताले बताएका छन् ।

राष्ट्रसंघका महासचिवका प्रवक्ता फरहान हकले माहम्बेल गाउँमा गत सप्ताहान्तमा भएको आक्रमणमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको युनिसेफले जनाएको बताउनुभयो । हकले यसै वर्ष त्यस क्षेत्रमा भएका विभिन्न आक्रमणमा कम्तीमा १४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिनुभयो ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिता फोरले केही हप्तादेखि तिब्र रुपमा वृद्धि भएको हिंसात्मक आक्रमणबाट बालबालिकाको मृत्यु हुनेक्रम एकाएक बढेको बताउनुभयो । एक विज्ञप्ति जारी गर्दै उहाँले व्दन्दरत सबै पक्षलाई हिंसात्मक घटनाबाट बालबालिकालाई सुरक्षित गर्न आग्रह गर्नुभएको छ । सन् २०१८ को सेप्टेम्बरमा रुस र टर्कीले उत्तर पश्चिमी सिरियाको इडलिबमा युद्धविराम गराउन मध्यस्थता गरेका थिए । यो क्षेत्र विद्रोहीहरुको अन्तिम तर सबैभन्दा ठूलो क्षेत्र हो ।

सरकारी फौज र विद्रोहीले पछिल्लो समय उक्त युद्धविराम उल्लंघन गरेका विवरणहरु आउन थालेका छन् । युद्धविरामको उल्लंघनसँगै निहत्था नागरिक हिंसाको चपेटामा परेको मानव अधिकारवादी संस्थाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja