मौरीपालनबाट मनग्य आम्दानी, किसान आकर्षित



पोखरा

रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ ।

वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा हुनुहुन्छ । घरको छत तथा बार्दलीमा आधुनिक मौरीका घार राखेर मौरीपालन गर्दै आउनुभएकी केसीले कम मिहिनेतमा राम्रो आम्दानी हुने भएकाले यो व्यवसायलाई विस्तार गर्न लाग्नुभएको हो । हाल १५ घार मौरी पाल्दै आउनुभएकी उहाँले वार्षिक करीब रु दुई लाख कमाउँदै आएको बताउनुभयो ।

वालिङ नगरपालिका– १० नं वडा कार्यालयले मौरीपालन गर्ने किसानका लागि तालीम दिएपछि आफूमा थप हौसला मिलेको केसीले बताउनुभयो । वडाध्यक्ष अनन्तराज गैरेले किसानका लागि आवश्क तालीमका साथै कृषि औजार उपलब्ध गराउँदै आएको बताउनुभयो ।

पूर्वशिक्षक वालिङ– ११ डौवाका श्याम अर्याल पनि मौरीपालन व्यवसायमा रमाउँदै आउनुभएको छ । आफ्नै घरमा मौरीपालन गर्नुभएका उहाँले यो व्यवसायबाट वर्षमा रू आठ/दश लाखसम्म कमाउन गारो नहुने बताउनुभयो । बिहान उठेदेखि साँझसम्म मौरीसँगै रमाउने अर्यालको घरको बार्दली, आँगनदेखि घर अगाडि रहेको बारीमा टन्नै रहेका मौरीका घार र मौरीको घाइघुइ आवजले त्यहा पुग्ने जो कोहीको मनलाई आनन्दित तुल्याउँछ ।

विसं २०६१ मा एक घार मौरी पाल्न शुरु गर्नुभएका अर्यालका अहिले ८० घार मौरी छन् । मौरी पाल्न चाहनेलाई मौरीका घारसमेत बेच्ने भएकाले मौरीका घारको सङ्ख्यामा घटबढ भइरहने उहाँले बताउनुभयो ।

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका अर्यालले मौरी पाल्न गर्न चाहानेका लागि सल्लाह सुझावसमेत दिँदै आउनुभएको छ । जिल्लामा करीव १५० किसानले मौरीपालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja