पल्सर स्पोर्टस अवार्डमा ह्याट्रिक गरेको टोलीलाई पोखरामा स्वागत



पोखरा

नेपाल खेलकुद पत्रकार मंचद्वारा आयोजित १६ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्डमा ह्याट्रिक गरेको प्याराग्लाइडिङ टोलीलाई बुधबार पोखरामा बाजागाजासहित स्वागत गरिएको छ ।

काठमाडौमा सम्पन्न प्रतिष्ठित अवार्ड बजाज पल्सर स्पोर्टस अवार्ड २०७५ मा वर्ष पुरुष तर्फ अवार्ड हात पार्न सफल यूकेश गुरुङ, वर्ष उत्कृष्ट प्रशिक्षक योगश भट्टराई र टिम अफ दि इएर हुन सफल प्याराग्लाइडिङ टिमका सदस्यहरुलाई स्वागत गरिएको हो ।


पोखरा ओर्लिए लगतै उनीहरुलाई विभिन्न व्यवसायी, क्लब, शुभचिन्तक एवं परिवारले पंचे बाजासहित स्वागत गरेका हुन् । उत्कृष्ट हुन सफल यूकेशले ३ लाख २० हजारको बजाज पल्सर मोटरबाइक, संसारको कुनै ठाउँमा जान आउन २ लाख ५० हजारको टर्किस इएरलाइन्सको टिकट, डिस होम कनेक्शन सहित २ वर्षको निशुल्क जडान, टाइमेक्स घडी, गोल्डस्टार जुत्ता बाट गिफ्ट ह्याम्पर, न्यू होराइजनका तर्फ बाट कार्पेट र केल्मीका तर्फ बाट स्पोर्टस वेयर प्राप्त गरेका छन । त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षक हुन सफल प्रशिक्षक योगेशले ३ लाख २० हजारको बजाज पल्सर मोटरबाइक, डिस होम कनेक्शन सहित २ वर्षको निशुल्क जडान, टाइमेक्स घडी, गोल्डस्टार जुत्ता बाट गिफ्ट ह्याम्पर, न्यू होराइजनका तर्फ बाट कार्पेट र केल्मीका तर्फ बाट स्पोर्टस वेयर प्राप्त गरेका छन ।

प्रशिक्षक योगेश पोखरा स्पोर्टस अर्वाडमा मनोनयनमा नै परेका थिएनन् भने युकेशले चाहिँ पोखरा स्पोर्टस अवार्डमा अवार्ड हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja