‘यो सरकार कुनै हालतमा संविधानको पक्षधर होइन’



(अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरसँग पोखरा आजले लिएको अन्तरवार्ता)

पोखरा

निर्वाचन अगाडि गाउँपालिकालाई परिवर्तन गर्ने, सुन्दर बनाउने तपाईँको जुन सपना थियो, निर्वाचनपछि जनतामाझ गरेको प्रतिबद्धता पुरा गर्न कत्तिको सहज भयो?
निर्वाचन अगाडि समयको अभावले जनताको घरघरमा पुगि आश्वासन त दिन सकेनौँ तर कतिपय हामीले बोलेका कुराहरु जस्तैः मोटरबाटो, खानेपानी, शिक्षा, स्वास्थ्यको क्षेत्रमा राम्रो विकास गरेका छौँ । हामीले बाह्रै महिना मोटर चल्ने बनायौँ, खानेपानी अहिले मात्रै ३००० घर परिवारलाई पुर्यायौँ, पर्यटनको क्षेत्रमा नयाँ पर्यटकिय पदमार्गहरु खोलेका छौँ ।

काम गर्दा प्रतिपक्षले प्रभावकारी भूमिका खेलेर गाह्रो भएको छ कि, के छ अवस्था?
त्यस्तो कुरा छैन । हाम्रोमा सबैको सहकार्य, सहयोग र एकता छ । तल्लो तहका नेताहरुले असजिलो पार्दैनन्, हामीसँग नेताहरु खुसी छैनन् तर जनताहरु खुसी छन् ।

अन्नपूर्ण गाउँपालिका पहाडि क्षेत्र पनि भएकाले विकासका योजनाहरु कार्यान्वयन गर्न कत्तिको चुनौति छ?
चुनौति त धेरै छ । हाम्रो यहाँ कस्तो छ भने बाटो खन्यो बर्खाको बेला सबै लैजान्छ, अनि फेरि उहि खर्च । त्यसकारण हामीले जे गछौँ वा बनाउँछौँ, बलियो हुने गरी गर्छौँ ।

अनि तपाईँले सामाजिक परिवर्तनको बारेमा कत्तिको ध्यान पुर्याउनुभएको छ?
सामाजिक परिवर्तनको लागि हामीले जनजाति, दलित, महिला, एकल महिला, असहायहरुको निम्ति बजेट छुट्याएर त्यसअनुसार उहाँहरुलाई तालिमको व्यवस्था, परामर्शको व्यवस्था, उहाँहरुको स्वास्थ्यको लागि औषधिको व्यवस्थापन गरेका छौँ ।

तपाईले स्वास्थ्यमा एकदम सुधार गरेका छौँ भन्नुभयो, तर लुम्लेका बासीन्दाहरुबाट त्यहाँ भएको एउटै आयुर्वेदिक औषधालयबाट पनि राम्रो सेवा पाउन नसकेको गुनासो छ, यसको बारेमा केहि बताइदिनुहुन्छ कि?
हाम्रो नराम्रो धारणा के छ भने आफुले खोजेको चिज नभएपछि त्यहाँ केहि छैन भन्ने गरिन्छ । आयुर्वेदमा सबै खोजेको चिज हुँदैन । राज्यले जुन खालको दिएको छ र हामीले जुन औषधिउपचारको लागि बजेट हालेका छौँ, त्यो उपचार छ ।

नेपालका कति ठाउँमा सामान्य औषधिहरु प्नि नभएको अवस्था छ । तपाईँको गाउँपालिकामा रहेका स्वास्थ्य निकायहरुको अवस्था कस्तो छ?
हाम्रोमा ५ वटा स्वास्थ्य चौकीहरु छन् र तिनीहरुमा औषधिको अभाव छैन । २६ वटा दरबन्दीमा २६ जनै स्वास्थ्य कर्मचारीहरु हुनुहुन्छ ।

तपाईँले आफै निरिक्षण गर्नुहुन्छ औषधि छ कि छैन भनेर?
औषधि निरिक्षणको बारेमा हामीले आउनुपर्ने औषधि आएको छ कि छैन भनेर हेर्ने मात्र हो, औषधिको बारेमा त हामीलाई थाहा हुन्न । हुनुपर्ने औषधिको हाम्रोमा स्टक छ ।

अनि शिक्षमा कत्तिको सुधार भएको छ?
शिक्षामा अन्नपूर्ण गाउँपालिकामा कुनै भौतिक संरचनाहरु बनाउनुपर्ने छैन । हाम्रोमा अहिले शैक्षिक सुधार मात्रै गर्नुपर्ने आवश्यकता छ । तर शिक्षकहरु भौतिक निर्माणको लागि मात्रै आउँछन्, शैक्षिक सुधारको निम्ति आउँदैनन् ।

अनि तपाईँले गएर त्यसका निम्ति पहल गर्नुभएको छैन?
हामीले प्रयास जारी राखेका छौँ । हाम्रो यहाँ १४ वटा विद्यालय छन् । कतिका त कक्षाहरु खाली छन् ।हाम्रो गाउँपालिका जनसंख्याका हिसाबले सानो छ त्यसकारण पनि विद्यार्थीहरु न्युन छन् । विद्यार्थी एकदम न्युन भएका विद्यालयहरु मर्ज गर्दैछौँ ।

निति निर्माणमा तपाईँहरुलाई राज्यले कत्तिको अधिकार दिएको छ?
निति निर्माणमा संविधानबाट कुनै पनि शिक्षा समन्वय कार्य रहँदैन तर यो सरकारले राखेको छ । शिक्षकको सरुवा, काम सबै दिने स्थानीय सरकारले हो तर शिक्षा मन्त्रालयद्वारा रोकिएको छ ।

त्यसो भए घरघरमा सिंहदरबार भन्ने कुरा भनाइमा मात्र सिमित रह्यो?
यो सरकार कुनै हालतमा संघियताको पक्षधर होइन । यहि सरकारी अवस्थाले संघियता रहँदैन र यो संघियता आवश्यक पनि छैन । संविधानबाट र स्थानिय सरकार संचालन ऐनबाट संघियता आवश्यक छ तर त्यस सरहको अधिकार दिन संघिय सरकारले धेरै कुरा ब्लक गरेको छ ।

निर्वाचनपछि तपाईँले आफ्नो पार्टीलाई त्यति प्राथमिकता दिनुभएन र कम्युनिष्टतिर ढल्किनुभयो भन्ने कुरा सुनिएको थियो, के यो साँचो हो?
यस्तो होइन । निर्वाचनपछि पार्टी भन्दा जनताको सेवा गर्ने हो, मैले त्यहि गरेको छु ।

विकास निर्माणमा तपाईँले गर्नुभएका कामहरु बताइदिनुहोस् न
हामीले नौँडाँडा, अधिकारी डाँडा, कार्कीतहरासम्म ११ किलोमिटर बाटो बनाइसकेका छौँ । १ घर एक धारा भन्ने उद्देश्यले ३००० घर खानेपानी पुर्याइसकेका छौँ र यहि बर्षमा यो काम सकिसक्छौँ । यस्तै कुनै पनि दलित बस्तीमा खानेपानीको अभाव नहोस् भन्ने प्रतिबद्धताका साथ एक जनाको लागि भए पनि जति खर्च भए पनि पानी पुर्याउने उद्देश्य लिएका छौँ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja