आगलागीबाट रु ५६ लाखको क्षति



पोखरा

जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ ।

कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका इञ्चार्ज बानहादुर चौहानका अनुसार आगलागीका कारण घर र पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

सम्बाहाम्फेको घरमा राखेका नगद एक लाख ५० हजार र १० तोला सुनसमेत जलेर नष्ट भएको र सम्बाहाम्फेको सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति भएको इञ्चार्ज चौहानले जानकारी दिनुभयो । आगो स्थानीय र प्रहरीले करीब २ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja