नाबालिकाको उद्धार



पोखरा

अपहरणमा परेका ६ वर्षीय एक नाबालिकालाई प्रहरीले दुई दिनपछि सकुशल रुपमा उद्धार गरेको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका–१२ की एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै उनकी ६ वर्षीया छोरी सावित्री थापालाई दुई दिनअघि अपहरण गरिएको थियो । अपहरणमा परेको सूचना पाएपछि प्रहरीले खोजतलासका क्रममा उनलाई बुटवल उपमहानगरपालिका–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टको कोठा नं १०३ बाट उद्धार गरिएको हो ।

प्राप्त सूचनाका आधारमा बालिकालाई कोठामा लुकाइराखेको अवस्थामा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले आज बिहान करीब ७ः३० बजेको समयमा होटलमा छापा मारेर उनलाई सकुशल उद्धार गर्नाका साथै अपहरणकर्ता वीरगञ्ज महानगरपालिका–२७ का जयराम दासलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

अपहरणकारी दास विगत नौ महीनादेखि पीडितको घर नजीकै रैनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए । सोही क्रममा अपहृत बालिकाकी आमा मञ्जु थापासँग चिनजान भएको थियो । सामान्य चिनजानकै आधारमा दासले विवाहको प्रस्ताव राख्दा महिलाले अस्वीकार गरेपछि घरमा सावित्री थापाका पति टेकबहादुर थापा नभएको मौका छोपेर उनले सोमबार साँझ करीब ८ बजेको समयमा नाबालिकालाई जबर्जस्ती अपहरण गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja