काङ्ग्रेस नेता सिटौलालाई ने बि संघ नेता थापाको खुलापत्र



पोखरा

नेपाल बिध्यार्थी संघका निवर्तमान केन्द्रिय सदस्य मनिश जङ थापा ले नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं अहिले नेपाली काङ्ग्रेस भित्र तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्ण प्रसाद सिटौला लाई खुला पत्रः


“आदरणिय नेता कृष्ण प्रसाद सिटौला ज्यू , उच्च श्रद्धाका साथ हार्दिक जय नेपाल ! नेपाली कांग्रेसको ७.५ दशक लामो लोकतान्त्रिक यात्राको क्रममा आजनेपाली कांग्रेस स्थानीय तह देखी केन्द्र सम्म कमजोर प्रतिपक्ष र कम्युनिस्ट शक्ति दुई तिहाई जनमतका साथ सत्तामा बिराजमान छन र बर्तमान सरकार योजनाबद्ध तरीक़ाले नेपालमा कम्युनिस्ट व्यवस्था स्थापना गर्न सकीन्छ की भन्ने प्रयत्नमा रहेको कुरा मैले स्मरण मात्र गराउन चाहेको छु ! नेपाली कांग्रेस र लोकतान्त्रिक परिपाटी समेत संकटमा परेको बेला स्वयं नेपाली कांग्रेसको भूमिका के हुनु पर्ला भन्ने प्रश्नमा कांग्रेसका हरेक नेता तथा कार्यकर्ता चिन्तनशील हुनु पर्ने हो,यो प्रश्न माथीको चिन्तन मन्थनबाट हरेकको मन बाट निसकिने आवाज हो “ कांग्रेस एक हुनु पर्छ , मिल्नु पर्छ “ र साढे सात दशकको लोकतान्त्रिक आन्दोलनको यात्रा पछि दुईतिहाई कम्युनिस्ट कसरी बढ़े भन्ने प्रश्नको जवाफ खोज्नु आजको अपरिहार्यता हो।

आदरणीय नेता ज्यु हिजोको नाचघर जमलको चिन्तन मनन कुनै नौलो कुरा थीएन एकाघरका परिवार मात्र बसेर मिठो मसीनो खाने प्रचलनको निरन्तरता थियो ! तर प्रश्न उठछ , ‘ कांग्रेस एक गुट हो की समग्र पार्टी हो ? यो संकटको बेला गुट भित्र मात्र चिन्तन गरेर समग्र पार्टीको हित होला त ? अथवा पार्टीको समस्याले निकाश पाउला त ? एक कार्यकर्ताको नाताले जिज्ञासा राख्ने गरे ! कांग्रेस भित्र युवानेताका प्रायबाची बन्नु भएका आदरणीय गगन थापा, प्रदीप पौडेल ज्यूहरु तपाईहरु संग रहेको ज्ञान बिबेक र योग्यता कांग्रेस भित्रका सम्पूर्ण युवाहरूको एकताको लागी सहयोगी बन्ने की बाधक ? हाम्रो पुस्ताको प्रथम श्रेणीको अब्बलताको लहरमा टेकेर उभिन सफल भएका तपाईहरू सम्पूर्ण पार्टी र मुलुकको समबृद्धिको लागी समग्र पुस्ताको बीचमा कहिले उपस्थित हुने ? तपाईहरू गुटमा मात्र रमाऊने हो भने गुट बाहिरकाले तपाईहरूलाई नेता मान्न पाउने की नपाउने ? भोट हाल्न पर्ने की नपर्ने ? मन भित्र अनेक प्रश्न जन्मीएका छन ! प्रश्न गर्नु अपराध परिभाषित हुदै गईरहेको कांग्रेस भित्र प्रश्न गर्ने दुस्साहस गरे क्षमापूजा गर्नेछु ! समग्र कांग्रेस र देशको लागी “ हार्दिकता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्यको यात्राको अवसरको प्रतीक्षा गर्दै बिदा लीन चाहे !”

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja