पोखरा महानगरपालिकाको पाँचौ नगरसभा शुरु, आ.व. ०७६/७७ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत



पोखरा


पोखरा महानगरपालिकाको पाँचौ नगरसभा शुरु भएको छ । नगरसभामा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आगामि आर्थिक बर्ष ०७६/७७ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणका साथै पोखराको पर्यटन, कृषि, वातावरण लगायतका क्षेत्रमा जोड दिइएको छ । महानगरले स्मार्ट पूर्वाधार, समृद्ध सहरको नीति लिने भएको छ । जसका लागि महानगरको सुविधासम्पन्न कार्यालय र विभिन्न ९ वटा वडाको वडा कार्यालय निर्माण कार्य आगामि आर्थिक बर्षमा गरिसक्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले आगामी आर्थिक वर्ष ०७६/७७को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पार्किङ व्यवस्थापन प्रभावकारी बनाउने बताएको छ। सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सिर्जनाचोकमा यसै वर्ष आकाशे पुल निर्माण गर्ने योजना महानगरको छ । ओभरहेड र सबवे संरचना निर्माण अगाडि बढाउने र सहरी क्षेत्रका मुख्य बजारमा बहुतला पार्किङ निर्माण गर्न पहल गर्ने नीति महानगरले लिएको छ ।

तालतलैयाको नगरीका रुपमा चिनिने पोखरा महानगरले ९ वटै तालको वरिपरी पैदल मार्ग समेत निर्माण गर्ने नीति तय गरेको छ । सबै तालको अतिक्रमण रोक्ने आवश्यक सौन्दर्यीकरण सहित पैदलमार्ग बनाउने महानगरको योजना छ ।

यस्तै एकीकृत जग्गा विकास योजना तयार पारी स्विकृति नलिएसम्म कित्ताकाट र नक्सापास तथा अन्य भौतिक संरचनाको निर्माणको सिफारिस तथा स्विकृति रोक्का राख्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘स्वास्थ्यका लागि व्यायाम’ मा जोड दिँदै टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने महानगरले कार्यक्रम ल्याएको छ ।

एक सहकारी एक उत्पादन, हाम्रो महानगर, हाम्रो कर, समृद्ध बनाउने हाम्रै रहर, हाम्रो इच्छा समतामूलक शिक्षा लगायतका नारा नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरभित्रका सडक २ बर्षभित्रमा नमुना बनाउन महागरपालिकाले मेयर नमुना पूर्वाधार योजना कार्यक्रम घोषणा गरेको छ । त्यस्तै लामे आहालमा प्रदेश सरकारसँगको सहकार्यमा आधुनिक बसपार्क बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja