धार्मिक पर्यटकीयस्थलको अवलोकन



पोखरा

पोखराको पर्यटकीयस्थलको प्रवद्र्धनमा हिँडेको टोली देशका विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको अवलोकन भ्रमण गरी आइतबार फर्किएको छ ।

गत शुक्रबार पोखराबाट तीन दिने कार्यक्रमका साथ निस्केको पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको टोलीले प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, नवलपुरको साश्वतधामका साथै नेपाल भारतबीचको कृष्णनगर सीमा नाकालगायतका स्थानको स्थलगत अवलोकन गरेको थियो ।

पोखराको पर्यटनसँग विशेष गरी धार्मिक पर्यटनलाई जोड्ने लक्ष्यका साथ प्रवद्र्धनात्मक भ्रमण आयोजना गरिएको पर्यटन यातायात समिति, पोखराका अध्यक्ष बबोरजङ्ग गुरुङले जानकारी दिनुभयो । भ्रमणका क्रममा सरोकारवालाबीच अन्तरक्रियासमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले भ्रमणका क्रममा प्युठानको स्वर्गद्वारीमा अत्यधिक धार्मिक पर्यटक आउने गरे पनि त्यहाँका स्थानीयवासीले अपेक्षित लाभ लिन नसकेको बताउनुभयो ।

आउने पर्यटकबाट लाभ लिन त्यही किसिमका पूर्वाधार निर्माण आवश्यक रहेको बताउँदै उहाँले आफूहरूले त्यस सम्बन्धमा सरोकारवालाको ध्यानाकर्षण गराएको बताउनुभयो । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापाले धार्मिक पर्यटकीयस्थलको आकर्षणलाई व्यवसायिकताका माध्यमबाट नगदमा परिणत गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको बताउनुभयो ।

ती धार्मिक पर्यटकीयस्थललाई पोखराको पर्यटनसँग जोड्न आफूहरूका तर्फबाट सक्दो पहल गर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja