ओली नेतृत्वको सरकार नाङ्गेझार भइसक्यो



पोखरा

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नाङ्गेझार भइसकेको बताएका छन् ।

गोरखाको पालुङटारमा नेपाली कांग्रेस नगर सम्मेलनका प्रमुख अतिथि रहेकामहतले शुभकामना मन्तव्य व्यक्त गर्दै कम्युनिस्ट सरकारका भ्रष्टाचार छर्लङ्ग भइसकेका बताए ।’कम्युनिस्ट सरकारको भ्रष्टाचारबारे भन्ने कुरा धेरै भएको नेता महतले बताए । जनतालाई समृद्धिका गफ दिएर कम्युनिस्ट सरकार र नेताहरु भ्रष्टाचारमा लिप्त भएको नेता महतले दाबी गरे । उनले भने, ‘भ्रष्टाचार यिनीहरू गर्ने, बालुवाटार काण्ड यिनीहरूले गर्ने, यिनका वरिष्ठ नेताले गर्ने । उल्टै कम्युनिस्टले भन्छन् हाम्रा नेतालाई क्षतिपूर्ति दिनुपर्छ, वाइडबडी काण्ड, सुनकाण्ड, चिनी काण्ड, वालुवाटार काण्ड, बुढीगण्डकी काण्ड, काण्डै–काण्ड छन् ।’ कम्युनिस्ट सरकारले सम्पूर्ण कर्मचारी संरचनालाई पार्टीकरण गरिरहेको नेता महतले आरोप लगाए ।


उनले थपे, ‘ गिरिजाबाबुले जंगल पसेका माओवादीबारे जानेर यिनीहरूलाई सत्ता चाहिएको हो भन्ने थाहा पाए । त्यही भएर निर्वाचन विना नै सत्तामा पुर्याइदिए । पछि हप्कीदप्की गर्दै ‘भोट दिएनौं भने’ भनेर चुनाव जिते तर काम गर्न सकेनन् ।’

महतले अहिलेको सरकारले दुईतिहाइको दम्भ देखाएर महाअभियोग लगाइदिने डर देखाएर अख्तियार, अदालत सबैलाई आफ्नो इशारामा घुमाएर भ्रष्टाचार लुकाएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja