महिला फुटबलःविराटनगरद्वारा धनगढी पराजित



पोखरा

राजधानीमा जारी उपमेयर कपअन्तर नगरपालिका महिला फुटबलमा विराटनगर महानगरपालिकाले धनगढी उपमहानगरपालिकालाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलमा विराटनगरले धनगढीलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै समूह डि मा रहेको विराटनगरले शिर्ष तीन अङ्क जोडेको छ । विराटनगरको जीतमा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन । उनले खेलको पहिलो हाफमा दुई गोल गरिन भने खेलको दोस्रो हाफमा एक गोल थपिन् । त्यसैगरी विराटनगरका लागि सविता मगरको नाममा एक गोल रह्यो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को महिला फुटबल समितिले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् । त्यस्तै प्रतियोगितामा फेयर प्ले टोलीले रु ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २५ हजार तथा विधागततर्फ उत्कृष्ट हुनेले जनही रु दश हजार पाउने छन् । यही असार १३ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १८ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja